कस्तो रहन्छ आजको मौसम ?


६ आश्विन २०७९, बिहीबार ०७:२८ मा प्रकाशित

काठमाडाैँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here