राष्ट्रपति भण्डारीको समर्थनमा राष्ट्रिय युवा संघले निकाल्यो काठमाडौंमा र्याली


५ आश्विन २०७९, बुधबार २०:०३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्याली निकालेका छन् ।

साथै युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी समेत दिएको छ ।

बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्याली निकालेका हुन् ।

काठमाडौंको बबरमहलबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरेपनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताउनुभयो ।

उहाँले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताउनुभयो । त्यस्तै युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर शसक्त भएर अघि बढ्न सुझाव दिनुभयो ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here