सत्ता गठबन्धनः सिट बाँडफाँटका लागि नेताहरू पुनः छलफलमा


४ आश्विन २०७९, मंगलवार ११:०६ मा प्रकाशित

काठमाडौं । समानुपातिक निर्वाचनको सूची निर्वाचन आयोगमा पेश गरेसंगै सत्ता गठबन्धनका नेता सिट बाँडफाँटका लागि पुनः छलफलमा बसेका छन् ।

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् ।

११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here