भदौमा मात्र २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीकाे विद्युत् भारत निर्यात


४ आश्विन २०७९, मंगलवार १२:२६ मा प्रकाशित

काठमाण्डौ। चालु आर्थिक वर्ष २०७९ /८० को दोस्रो महिना भदौमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको विद्युत् भारततर्फ निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

सुरुमा दुईवटा विद्युत् गृहको ३९ मेगावाट र त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here