बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने


३ आश्विन २०७९, सोमबार १०:५३ मा प्रकाशित

काठमाडौं । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ।

राजकीय अन्तिम संस्कार ब्रिटिश समय अनुसार ११ बजे वेस्टमिन्स्टर एबीमा सुरु हुनेछ।

समारोहमा विश्वभरिका करिब दुई हजार जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ। त्यसमध्ये पाँच सय जना जति विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशी राजपरिवारका सदस्य सामेल हुन्छन्।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बन्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here