काठमाडौं । नेपालमा डेंगीका कारण यो वर्ष १६ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ ।
यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा चार हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, ललितपुरमा चार हजार ३१२, भक्तपुरमा ६३८, मकवानपुरमा एक हजार ४९३, दाङमा ८४२, रुपन्देहीमा ६४६, चितवनमा ३७० जनामा संक्रमण पुष्टि भएको छ ।
अरू जिल्लामा संक्रमितको संख्या १०० देखि २०० सम्म रहेको महाशाखाको तथ्यांक छ ।





