काठमाडौं । संसदमा महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत हाजिर हुने जानकारी पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।
सर्वोच्चको मुख्य गेटमा सुरक्षाकर्मीको संख्या बढाइएको हो ।
नेपाल बार एसोसिएसनका पदाधिकारी एवं सदस्य र कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला भएर बसेका छन् ।
जबरा सर्वोच्च फर्किए भित्र प्रवेश गर्न नदिने बारको तयारी छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की भने बिहान १० बजे नै कार्यालयमा हाजिर भइसक्नु भएको छ ।





