अनशनमा बसेका डा. केसी पक्षसंग आज वार्ता गर्ने सरकारको तयारी


२ आश्विन २०७९, आईतवार ०८:३८ मा प्रकाशित

काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीसँग आज वार्ता गर्ने तयारी गरेको छ ।

वार्ताका लागि सरकारी पक्षले आज बिहान १० बजेका लागि बोलाएको हो । दुवै पक्षबीच पहिलो चरणको वार्ता काठमाडौंमै हुने बताइएको छ ।

यसअघि शनिवारका लागि वार्ता तय भएको थियो । तर सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव उपत्यका बाहिर रहेकाले वार्ता हुन सकेको थिएन ।

अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here