निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पुनः बयान लिइने


३१ भाद्र २०७९, शुक्रबार ०७:४६ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पुनः बयान लिइने भएको छ।

संसदको महाभियोग सिफारिस समितिले जबरासंग बयान लिने भएको हो ।

कानुन व्यवसायीले दिएको बिहीबार दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए।  समितिले वरिष्ठ अधिवक्तारू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो।

समितिको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जबरालाई आज विहान ९ बजे नै बोलाइएको बताउनु भयो। समितिले आजै बयान सक्ने र प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here