संघीय संसदका दुवै सदनका बैठक आज बस्दै, यस्ता छन् कार्यसूची


३१ भाद्र २०७९, शुक्रबार ०७:५१ मा प्रकाशित

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा आज प्रतिनिधिसभामा उत्पति भएको विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गरिनेछ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ छन्। यस्तै बैठकमा सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७\०७८’ पेश गर्ने कार्यसूची छ।

राष्ट्रियसभाको बैठक पनि दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश हुनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here