झापामा पनि म्यादी भर्ना छनोट फारम दर्ता आजबाट शुरु


३० भाद्र २०७९, बिहीबार १८:५५ मा प्रकाशित

झापा ।   आगामी मंसिरमा हुने निर्वाचनका लागि म्यादी भर्ना छनोट अन्तगत फारम दर्ता कार्य आजबाट शुरु भएको छ ।

सरकारले मुलुक भरीबाट १ लाख पन्ध्र हजार म्यादी प्रहरी नियुक्त गर्ने भने संगै झापामा पनि फारम दर्ता आहवान गरिएको हो । भदौको ३० गते बाट असोजको ६ गते सम्म दरखास्त फारम भर्न सकिने जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

१८ वर्ष देखी ५४ वर्ष ननाधेका जोकोहिले म्यादी प्रहरीका लागि फारम दर्ता गर्न सक्ने छन् । म्यादी प्रहरी कार्य अवधि नियुक्ति पाएको मितिले ४० दिनको रहने जनाइएको छ । छनोटको अन्तिम नतिजा असोज २५ गते सार्वजनिक हुने छ ।

प्रतिदिन रु ८ सय ६९ व्यक्तिगत बैंक खातामा सम्मा हुने गरि ३४ हजार ७ सय ६० रुपैया पारिश्रमिक दिइने जिल्ला प्रहरी परिसर केन्द्रिय कार्यलयले जनाएको छ । पुर्व म्यादी प्रहरी २०७९ स्थानिय तहमा खटिएका म्यादी प्रहरीलाइ सोझै अन्तरवार्ताका माध्यमबाट छनोट गरिने जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताउनु भयो ।

झापाका विभिन्न स्थनाबाट आएका इच्छुक व्यक्तिहरु बिहान ४ वजेदखी लाइनमा बसेर फारम दर्ता गराएको सहभागिहर बताउछन् । साधरण बोलचाल गर्न सक्ने शारीरीक र मानसिमक ररुपले स्वास्थ्य कुनै आंतकारी संगठनको सदस्य नरहेको नेपाली नागरिकलाई म्यादी प्रहरीलाई लिइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here