गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्यायो : ओली


३० भाद्र २०७९, बिहीबार १८:१९ मा प्रकाशित

काठमाडौँ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्याएको बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताउनुभएको हो । मुलुकलाई शान्ति र स्थीरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न हुने उहाँले बताउनुभयो ।

ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गर्नुभयो । उहाँले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्काशन गरेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेईमानी र धोका दिएको उहाँको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here