भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न पूर्व न्यायाधीशहरुको चुनौति


२९ भाद्र २०७९, बुधबार १७:५५ मा प्रकाशित

काठमाडौं । पूर्वन्यायाधीश फोरम, नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरुमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरूले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न पनि चुनौति दिएको छ ।

महाअभियोगमा उठाइएका विषयहरुको छानबिन न्यायीक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा समय अपुग भए अर्को संसद्‍ले समेत स्वामित्व ग्रहण गर्नुपर्ने फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताउनुभयो ।

उहाँले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध प्रारम्भ भएको महाअभियोगको कारबाही फौजदारी अभियोगको विषयवस्तु भएको बताउनुभयो ।

महाभियोग समितिमा राणाको बयानबाट कतिपय अभियोग सावित भइ कसुर प्रमाणित भइसकेको अवस्था रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकालाई प्रभावित पार्ने कामको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here