माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीको बिदाई भेटवार्ता


२९ भाद्र २०७९, बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here