ली चान्सुले आज राष्ट्रपति भण्डारीसंग भेटवार्ता गर्दै


२९ भाद्र २०७९, बुधबार ०७:४१ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ ।

भेटवार्ता आज हुने भएको हो ।

मंगलबार अपरान्ह ली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा अध्यक्ष लीले कोभिडकै कारण नाका नियमित हुन नसकेको भन्दै नेपालमा आइरहेका चाडपर्वहरुका लागि आवश्यक सामग्री आयातका लागि नाका सहजीकरण गरिने आश्वासन पनि दिनुभयो ।

उहाँले नेपालको एक चीन नीति र नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धताको खुलेर प्रशंसा पनि गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here