मेयरसँग बालबालिका कार्यक्रम बिर्तामोडमा सम्पन्न


२९ भाद्र २०७९, बुधबार १२:४९ मा प्रकाशित

बिर्तामोड ।   बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ मेयरसँग बालबालिका कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड ७ स्थित बेल्स मोडल स्कूलमा आयोजित कार्यक्रम बालबालिकाको बृत्तिबिकास र शिक्षामा बालबालिकाको पहुँच पुर्याउन आयोजना गरिएको प्रधान अध्यापक ताराकुमार प्रसाइले बताउनुभयो ।

बालबालिका हँदैको अवस्थाबाट स्थानिय सरकारको काम कर्तव्यका बारेमा जानकारी प्राप्त गर्न यो कार्यक्रमले मद्दत पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा बालबालिकाले बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाईलाई बालमैत्री नगरपालिका निर्माणमा बढि चासो राख्न आग्रह गरेका थिए ।

यो सँगै छुट्टै बालमैत्री अस्पताल बनाउने र पछिल्लो समय बालबालिका हराइरहेका समाचार आइरहँदा नगरपालिकाको चासो कम भएको भन्दै अपत्ति जनाएका थिए । जवाफमा प्रसाइले यी सबै समस्याको समधानका लागि प्रयास भैरहेको बताउनुभयो । त्यसको सुरुवात भैसकेको र बाल क्लब गठन सँगै रकम समेत बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here