महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै


२९ भाद्र २०७९, बुधबार ०७:२१ मा प्रकाशित

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।

विहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here