चीनको जनकाँग्रेसका अध्यक्ष ली चान्सुको देउवासंग भेटवार्ता


२८ भाद्र २०७९, मंगलवार १८:१७ मा प्रकाशित

काठमाडौँ ।   नेपालको चार दिवसीय औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुइपक्षियसम्बन्धका बारेमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाललाई चीनले गरेको सहयोगका बारेमा पनि भेटमा छलफल भएको परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिनुभयो ।

ली चान्सुले बुधबार राष्ट्रपतिसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here