लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महशुस हुन थालेको छ : प्रचण्ड


२८ भाद्र २०७९, मंगलवार १८:०४ मा प्रकाशित

काठमाडौँ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महशुस हुन थालेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महशुस हुन थालेको बताउनुभएको हो ।

प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गर्नुभयो । अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उहाँले बताउनुभयो ।

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासंग सम्बन्धीत हजारौं यथार्थमा आधारिक पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राख्नुभयो । आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भुल्न नहुने उहाँको भनाइ छ ।

प्रचण्डले युद्धमा सहभागिहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here