चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


२८ भाद्र २०७९, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौं ।  नेपाल भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।

मंगलबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो।

भेटमा एमालेकातर्फबाट सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागिता थियो ।

मंगलबार बिहान राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेलगत्तै लीले ओलीसँग भेटवार्ता गर्नुभएको हो ।

अध्यक्ष लीले मंगलबार दिनभर उच्चस्तरिय भेटवार्ता गर्दै हुनुहुन्छ । ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

उहाँले मंगलबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here