जबरासंगको बयान आजै सकेर प्रतिवेदन बुझाउने महाभियोग सिफारिस समितिको तयारी


२८ भाद्र २०७९, मंगलवार ०८:२७ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज पनि जबरासंग बयान लिने भएको छ । उहाँसंग बयान लिने काम आजै सक्ने समितिको तयारी छ ।

समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ।

बैठक भने बिहान ११ बजे बोलाइएको छ ।  सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन्। ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ।

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उहाँ निलम्बनमा हुनुहुन्छ।

समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here