ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केही क्षेत्रमा यातायात प्रभावित


२८ भाद्र २०७९, मंगलवार १३:३६ मा प्रकाशित

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केही क्षेत्रमा यातायात प्रभावित भएका छन् ।

भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो ।

ली चान्सुको सवारीमा सडक पूर्व रुपमा बन्द गर्दा अन्य स्थानमा पनि जाम हुन पुगेको थियो भने सवारी रुट भएका स्थानमा पैदल यात्रुले पनि सास्ती बेहोर्नु परेको छ ।

ली चान्सुको टोलीले मंगलबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र एमाले तथा माओवादीका नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो ।

उहाँ बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here