अन्ततः धरानमा पानी ल्याउन सफल हुनुभयो मेयर हर्क साम्पाङ


२८ भाद्र २०७९, मंगलवार ०७:३६ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाका सर्वसाधारणका लागि खानेपानीको व्यवस्था गरिदिने मुद्दा लिएर मेयरमा जितेका हर्क साम्पाङ अन्ततः धरानमा पानी ल्याउन सफल हुनुभएको छ ।

सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयबासीले खुसी साटे।

धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साट्नुभएको हो।

भिडिओ पोस्ट गर्दै उहाँले लेख्नुभएको छ, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’

धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गर्नुभएको थियो।

यसअघि निर्वाचित जनप्रतिनिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर आन्दोलनमा लाग्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here