काठमाडौँ । मानव विकास सूचकाङ्कमा नेपाल १४३ औं स्थानमा रहेको छ ।
सोमबार काठमाडौंमा युएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा नेपाल मानव विकास सूचकाङ्क ०.६०२ अंकमा साथ १ सय ४३ औं स्थानमा रहेको उल्लेख छ । ऊर्जामन्त्री पम्फा भुसाल लगायतले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
नेपालको उक्त स्थानलाई मध्यम मानव विकास सूचकाङ्कका रुपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको उल्लेख छ । स्वीजरल्यान्ड ०.९६२ अंकसहित मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा छ । प्रतिवेदन सार्वजनिक कार्यक्रमा ऊर्जामन्त्री भुसालले जलश्रोत र उर्जाको दिगो बिकासबाट मुलुकको समृद्धिमा सरकारले ध्यान दिएको बताउनुभयो । हाल देशको ९५ प्रतिशत स्थानमा बिद्युतको पहुँच पुगेको भन्दै बाँकी रहेका स्थानमा पनि छिटै बिधुतको पहुँच पुराउने उहाले बताउनुभयो ।
बढ्दै गइरहेकोे विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशहरूमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रुपले उल्ट्याउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । लगातार दोस्रो वर्ष मानव विकासले उल्टो गति लिनाले मानव विकासमा यस अघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको र यसका कारण दिगो विकासका लागि २०३० एजेन्डा सुरु गर्दा र २०१६ को पेरिस सम्झौता अवलम्बन गर्दाको स्तरमा फर्काउने काम गरेको युएनडीपीले जनाएको छ ।





