बेलायतकी महारानी एलिजावेथको ९६ बर्षको उमेरमा निधन


२४ भाद्र २०७९, शुक्रबार ०७:२८ मा प्रकाशित

एजेन्सी । बेलायतकी महारानी एलिजावेथको निधन भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उहाँको निधन भएको हो।

बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उहाँको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उहाँ बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुनुहुन्छ।

उहाँ सन् १९५२ मा महारानी बन्नुभएको थियो।

अब उहाँपछि उहाँका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नु हुनेछ। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here