नेपाल र केन्याबीचको तेस्रो एकदिवसीय क्रिकेट आज


२० भाद्र २०७९, सोमबार १२:५५ मा प्रकाशित

काठमाडौँ ।   नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ ।

नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here