झापा । प्रतिनिधि सभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट उम्मेदवारमा नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेको हुनाले उहाँको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताउनु भयो ।
मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको बुढाथोकीले बताउनु भयो ।
शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचन लड्नु भएको थियो । २०७० सालमा एमालेका रविन कोइराला र २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसंग पराजित हुनुभएको थियो ।
दुई पटक चुनाव हारिसक्नु भएका शर्माले तेस्रो पटक भने जित्ने दाबी गर्दै आउनु भएको छ ।