महाअभियोग समितिद्धारा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै


१५ भाद्र २०७९, बुधबार १३:३५ मा प्रकाशित

काठमाडौँ ।   संसदीय महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिइरहेको छ ।

सिंहदरबारमा जारी समितिको बैठकमा जवरबमाथि लगाइएको आरोपका बारेमा बयान लिइरहेको हो । जवरा बयानका लागि ११ बजे नै समितिमा पुगेपनि बैठक करिव डेड घण्टा ढिलो सुरु भएको हो ।

जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिका सदस्यहरुले जानकारी दिएका छन् । जवरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोध लगायतका आरोप लगाइएको छ ।

जबरामाथि गएको फागुन १ मा महाभियोग दर्ता भएको थियो । त्यसपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here