मिखाइल गोर्भाचोभको निधन


१५ भाद्र २०७९, बुधबार १२:४९ मा प्रकाशित

काठमाडौं ।    शीत युद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका आठौं तथा अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८५ देखि सन् १९९१ सम्म सत्ता र शक्तिमा रहेका गोर्भाचोभले तत्कालिन सोभियत संघलाई विश्वका लागि खुल्ला गरेर सुधारको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए ।

उनले सोभियत संघको पतनलाई भने रोक्न सकेनन् । जसबाट आधुनिक रुसको उदय भयो । गोर्भाचोभको निधनमा विश्वभरबाट समवेदना प्रकट गरिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रसले गोर्भाचोभको निधनप्रति शोक व्यक्त गर्दै विश्वले शान्तिका लागि अथक वकालतकर्ता गुमाएको बताएका छन् ।

यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लियन लगायतले गोर्भाचोभको प्रति समवेदना प्रकट गरेका छन् ।

लामो समय देखि बिरामी रहेका गोर्भाचोभको के कारणले मृत्यु भयो भन्ने खुलाइएको छैन । गोर्भाचोभ मृगौला रोगबाट पीडित रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here