गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदै


१५ भाद्र २०७९, बुधबार १३:४५ मा प्रकाशित

काठमाडौँ ।   भाद्र शुक्ल चतुर्थीका दिन बुधबार गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइएको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । गणेश चतुर्थीका अवसरमा काठमाडौं कमलादीस्थीत गणेश मन्दिरमा भक्तजनको भीड लागेको थियो । काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहँदै आएको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गणेश पुराणमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here