सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ ।
तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानाएको छ । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
स्थानीयका अनुुसार दुई समूहबीच झडप हुँदा जिसीको ज्यान गएको बुझिन आएको छ । मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।





