काठमाडौं । एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दै छन् । हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो ।
भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । हङकङको भने एसियाकपको समूहचरणको यो पहिलो खेल हो ।
एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि २००८ मा भएको पहिलो भिडन्तमा ५० ओभरमा भारतले ३७४ रन बनाएको थियो । धोनी र रैनाले शतक प्रहार गरेको खेलमा हङकङ भने १ सय १८ रनमा अलआउट हुन पुगेको थियो। भारतले उक्त खेल २५६ रनको फराकिलो अन्तरले जितेको थियो ।
त्यसपछि २०१८ मा एशियाकपको समुह ए दुबै टिम पुन एकपटक एकदिवसीय खेलमानै भिडेका थिए । उक्त खेलमा भारतका लागि शिखर धवनले १ सय २७ रनको सतकीय इनिङ खेल्दै हङकङ विरुद्व २ सय ८५ रनको स्कोर बनाएको थियो । हङकङले पनि उतकृष्ट प्रदर्शन गर्दै ८ विकेट गुमाएर २ सय ५९ रन बनाउँदा उक्त खेलमा २६ रनले पराजित भएको थियो । टी २० एसियाकपमा भने पहिलो पटक एक अर्का विरुद्व प्रतिस्पर्धा गर्न लागेका हुन ।
प्रतियोगितामा हङकङ भारतलाई हराउँदै आफ्नो डार्क हर्सको छवि बनाउने ध्याउनमा छ । भारत भने आफ्नो बलियो छविलाई कायम राख्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । समग्रमा भारतले हङकङलाई सहज प्रतिद्वन्दीका रुपमा लिँदा हङकङ भने सरप्राइज जितको ध्याउनमा हुनेछ ।





