दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सडक मिचेर बनाएका घरहरू आजबाट भत्काउन थालिएको छ ।
तुलसीपुर बसपार्कमा सडक मिचेर निर्माण गरेका घर भत्काउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । यसपछि अन्य क्षेत्रमा पनि सडक मिचेर बनाएका घर भत्काइने भएको छ । यसको सुरुआत बसपार्कबाट गरिएको उपमहानगरले जनाएको छ ।





