ब्राजिल भेनेजुएलसँग बराबरीमा रोकियो


४ असार २०७६, बुधबार १३:५८ मा प्रकाशित

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ ।

फोन्टे नोभा एरिनामा आज भएको समूह ए को खेलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको हो । खेलअवधिभर ब्राजिलले बललाई नियन्त्रणमा राखेपनि जित हात पार्न सकेन ।

ब्राजिलले भेनेजुएलाको पोष्टमा १९ सर्ट प्रहार गरेको थियो । पहिलो हाफमा बराबरी खेलेको ब्राजिललाई दोस्रो हाफमा पनि रोक्दै भेनेजुएलाले प्रभावशाली प्रदर्शन गरेको छ । यसअघि ब्राजिलले उद्घाटन खेलमा बोलिभियालाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

आजै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here