थप ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु


९ भाद्र २०७९, बिहीबार १८:१८ मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ९६ पिसिआर परिक्षणका क्रममा २ सय ११ जना र २ हजार ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ७ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार १ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here