बिर्तामोडका अस्पताल सञ्चालकहरूले प्रशासनसमक्ष भने, ‘आइन्दा यस्तो गल्ती गर्दैनौं’


९ भाद्र २०७९, बिहीबार ०८:१८ मा प्रकाशित

झापा । अस्पतालका फोहोर सोझै बिरिङ खोलामा फालेका बिर्तामोड नगरपालिका क्षेत्रका अस्पतालहरूले आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय झापामा बिरिङ खोलामा फोहोर फालिएको विषयमा छलफल भएको थियो ।

सोही छलफलमा अस्पतालका सञ्चालकहरूले त्यस्तो काम आइन्दा नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

बिरिङ खोलामा फोहोर फालेको बारे सूर्योदय टेलिभिजनमा रिपोर्ट प्रसारण भएको थियो ।

झापामा रहेका सबै अस्पतालहरूलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐनको पालना गर्न प्रशासनले निर्देशन दिएको छ ।

बुधबार भएको छलफलमा अस्पताल सञ्चालकहरूले फोहोर मैला व्यवस्थापन ऐन, २०६८ र त्यसबारे बनेको नियमावलीको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

अस्पतालहरूले फोहोरमैलाको व्यवस्थापन उचित ढंगले गरेको छ कि छैन भन्नेबारेको अनुगमनका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने पनि सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here