वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउने उप्रेतीको भनाइ


८ भाद्र २०७९, बुधबार १८:३८ मा प्रकाशित

काठमाडौँ ।   वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा कार्यभार सम्हालदै उप्रेतीले वैदेशीक रोजगारका गएकाहरुलाई सहज हुने गरि यस क्षेत्रलाई थप मर्यादित बनाइने बताउनुभएको हो । उहाँले देशको बिकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सदैका लागि वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्ने कुरा उचित नहुने बताउनुभयो ।

उप्रेतीले कर्मचारी, राजनीतिक दलहरु र सरोकारवालाहरुलाई उदाहरणीय काम गरेर देखाउने र सवै कर्मचारीहरुको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here