काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिधि प्रक्रिया र लोकतान्त्रीक मूल्य र मान्यताका आधारमा चल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार बालुवाटारमा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटवार्ता गर्दै अहिले प्रतिपक्षिलाई निषेध गर्ने काम भएको भन्दै बिधि प्रक्रियामा आधारमा चल्न सरकारको ध्यानाकर्षण गराएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो ।
प्रतिस्पर्धाको राजनीतिलाई अगिंकार गरि प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुनेमा ओलीले जोड दिनुभएको उहाँको भनाइ छ । भेटमा अध्यक्ष ओलीले निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगले आगामी निर्वाचन गर्न पनि प्रधानमन्त्रीसंमक्ष आग्रह गरिएको नेम्वाङले बताउनुभयो ।
त्यस्तै नागरिकता सम्बन्धी बिधेयकलाई बहुमतको आधारमा पारित गर्नु गलत भएको, शान्ति प्रक्रियासंग सम्बन्धी बिषयमा प्रतिपक्षीसंग छलफल गर्नुपर्ने लगाएतका बिषयमा पनि ध्यानाकर्षण गराएको नेम्वाङले बताउनुभयो ।
त्यस्तै गठबन्धन सरकारका कारण भ्रष्टाचार बढ्दै जाँदा मंहगीले जनता मारमा परेकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने सुझाव पनि दिइएको नेम्वाङले बताउनुभयो ।





