सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि छलफल


८ भाद्र २०७९, बुधबार १२:०१ मा प्रकाशित

काठमाडौँ ।  सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि दलहरुले मंगलबार पनि छलफल गरेका छ ।

प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकमा सकारात्मक रुपमा सिट बाँडफाँटका बिषयमा छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

बुधवार पुनः छलफल गरेर छिटै टुंगो लगाइने उहाँले बताउनुभयो । धेरै मोडालिटीमा छलफल गरेको र छिटै निष्कर्षमा पुगिने उहाँले बताउनुभयो ।

गठबन्धनबीच स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सिट बाँडफाँटको मुख्य आधार बनाएर छलफल भइरहेको छ तर ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here