पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित


८ भाद्र २०७९, बुधबार ०८:२२ मा प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशनमा आएको छ।

शाहको संवाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो।

प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गर्नु भएको छ।

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिनुभयो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here