धनगढी । नेपाल बन्दका क्रममा कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
उक्त शकांस्पद बस्तु निष्क्रिय पार्न सेनाको टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





