बन्दकर्ताले एकाबिहानै गरे टिप्परमा आगजनी


७ भाद्र २०७९, मंगलवार ०७:०४ मा प्रकाशित

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीलगायत साना वामपन्थी दलहरूले आजका लागि आह्वान गरेको नेपाल बन्दका क्रममा सवारी साधन तोडफोड तथा आगजनीका समाचार आउन थालेका छन् ।

यसैक्रममा दाङमा बन्दकर्ताले मंगलबार बिहानै सवारीसाधनमा आगजनी गरेका छन्।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजेको आसपासमा बबई खोलाको पुल नजिक आगजनी गरेका हुन्।

चार-पाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो लगाएर भागेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here