प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक बस्दै


७ भाद्र २०७९, मंगलवार ०७:५५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे  बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी लगायत विषयमा छलफल हुने पार्टीका नेताहरूले बताएका छन्।

आम निर्वाचनमा एक्लै अगाडि बढ्ने निर्णय गरेको एमालेले चुनाव केन्द्रित योजना बनाउन स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here