आफूले उत्पादन गरेको बस्तुको आन्तरिक खपत बढाउनुपर्नेमा मास्टर सेफको जोड


६ भाद्र २०७९, सोमबार १८:३० मा प्रकाशित

बिर्तामोड । नेपालमा उत्पादित अलैंची प्रवर्द्धनका लागि ब्रान्ड एम्बासेडर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मास्टर सेफ सन्तोष शाहले आफूले उत्पादन गरेको बस्तुको आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

अलैंची व्यवसायी महासंघको वाह अलैंची कार्यक्रम सञ्चालन गरिरहनुभएका मास्टर सेफ शाहले आफूले गरेको काम मनदेखि नै गरे सफलता मिल्ने बताउनुभयो । झापाको बिर्तामोडमा महासंघले गरेको एक कार्यक्रममा शाहले छोटो समयमा धेरै कमाउने सोच राखे त्यस्तो सोचले सफलता नपाउने बताउनुभयो ।

स्विस सरकारको सहयोगमा वाह अलैंची कार्यक्रम सञ्चालन भइरहेको छ । महासंघका अनुसार पहिलो चरणमा शिक्षण संस्थाहरूमा फुड फेस्टिबल सञ्चालन भएका छन् । दोस्रो चरणमा अलैंची कृषकसंग अन्तर्क्रिया तथा अलैंची प्रयोग हुने विभिन्न स्थानको अवलोकन गरिएको अलैंची व्यवसायी महासंघले जनाएको छ । अन्य चरणका कार्यक्रमहरू पनि सञ्चालन हुने सेफ शाहले जानकारी दिनुभयो ।

महासंघले सोमबार बिर्तामोड आयोजना गरेको कार्यक्रममा अलैंचीको आन्तरिक खपतसंगै यस्को व्यापार विश्वबजारमा बिस्तार गर्नुपर्ने शाहले बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष निर्मल भट्टराईले वाह अलैंची कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, कृषि सचिव मेघनाथ तिमल्सेना तथा अलैंची व्यवसायीहरूको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here