झापा । तीजको ब्रत बस्ने दिन भन्दा एक साता अघिदेखि नै झापामा तीजको रौनक शुरु भएको छ ।
महिलाहरू राता कपडा तथा गरगहना लगाएर तीजको रमझममा झुम्न थालिसकेका छन् । सोमबार झापाको बिर्तामोड नगरपालिका वार्ड नं ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रमा रहेको बृद्धाश्रममा नेपाली उद्यमशील महिला संघले तीजको कार्यक्रम आयोजना गरेको छ ।
संघकी अध्यक्ष पार्वता खरेल बिमलीको अध्यक्षता तथा कन्काई एजुकेशन फाउन्डेसनकी संस्थापक अन्जना ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई दर खुवाइएको थियो ।
कार्यक्रममा उर्मिला खरेल, इनरव्हीलकी अध्यक्ष सम्झना भण्डारी, खेलकुद बिकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, राधा सुब्बालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका बस्तु अतिथिहरूलाई उपहार प्रदान गरिएको थियो ।





