गुठी विधेयक फिर्ता भए पनि आन्दोलन जारी


४ असार २०७६, बुधबार ११:५० मा प्रकाशित

काठमाडौं । सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिए पनि खारेजीको माग गर्दै माइतीघरमा आज प्रदर्शन भएको छ ।

भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले सरोकारवालासँग छलफल गर्न बाँकी रहेको भन्दै राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा मंगलबार गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् ।

गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् ।

त्रिपुरेश्वर, थापाथली हुँदै अघि बढेको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

प्रदर्शनका कारण माइतीघर, थापाथली, त्रिपुरेश्वर, बानेश्नवर क्षेत्रको यातायात प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here