भक्तपुर अस्पताल अनिश्चिकालिन बन्द


४ असार २०७६, बुधबार १२:०५ मा प्रकाशित

भक्तपुर । भक्तपुर अस्पतालमा विभिन्न पेशागत मागहरु राखेर कर्मचारीले अस्पतालको बहिरङ्ग सेवाअनिश्चिकालिनका लागि बन्द गराएका छन् ।

भक्तपुर अस्पतालका विकास समिति अन्तर्गतका २४ जना कर्मचारीको मागको सुनुवाई नभएको भन्दै अस्पतालको बहिरङ्ग सेवा बन्द गरेको हो ।

सेवा बन्द हुँदा अस्पतालमा जाँचका लागि आएका सयौँ बिरामी प्रभावित भएका छन् । कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने माग गरेका छन् ।

आन्दोलित कर्मचारीले आफ्नो मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेको कर्मचारी संर्घष समितिका अध्यक्ष मदन देउजाले बताए ।

अस्पतालमा बायस्पी सेवा यथाशीघ्र सञ्चालन हुनुपर्ने, स्वास्थ्य बीमाको औषधि समयमै उपलब्ध गराउनुपर्ने, भिटामिन डी परीक्षण सेवा शुरु गर्नुपर्ने, सुत्केरी अपरेशन सेवा २४ घण्टा सञ्चालन हुनुपर्ने, पीटीए र एनपीएल सेवा विस्तार गर्नुपर्ने, मुटु रोगसम्बन्धी जाँच हुनुपर्ने, इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने र अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने माग राखेको देउजाले बताए ।

अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा देवकोटाले कर्मचारीले पाइरहेका सेवा सुविधा नकाटेको यो सबै माथिको निर्णय हो । उनले भने, “अस्पतालमा कार्यरत सबैले स्थायी कर्मचारीले पाउने सेवा सुविधा सबै पाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here