सिरियामा ४५ जना हतियारधारीको मृत्यु


३ असार २०७६, मंगलवार २२:४५ मा प्रकाशित

सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ।

हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरुले मङ्गलबार बिहानै सरकारी फौजमाथि आक्रमण गरेको सिरियाली मानव अधिकार अब्जरभेटरीले जनाएको छ। भिडन्तमा सरकारी फौजतर्फ कम्तीमा १४ जनाको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ।अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले सरकारी फौजले विद्रोहीको आक्रमणलाई निस्तेज बनाएको जानकारी दिए। उत्तरी हामा र छिमेकी इडलिब प्रान्तमा सरकारी फौजबाट हुने हवाई आक्रमण २४ घण्टायता रोकिएका थिए। तर सरकारी फौजमाथि आक्रमण भएलगत्तै हवाई आक्रमण शुरु भएका छन्।

हवाई आक्रमणबाट दक्षिणी इडलिबमा एक जना नागरिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ। गत आइतबार अलेप्पोमा सरकारी फौजको नियन्त्रणमा रहेको क्षेत्रमा हप्तार विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणबाट १२ जनाभन्दा बढी नागरिकको ज्यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here