पाँचथरमा एक युवतीको घाँटी रेटी हत्या


३ असार २०७६, मंगलवार २२:३७ मा प्रकाशित

पाँचथर । हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताउनुभयो ।

वडाध्यक्ष यवाका अनुसार युवतीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटनास्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here