काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा समीर बलामी विजयी हुनुभएको छ।
संघको शनिबार सम्पन्न १०औँ महाधिवेशनबाट बलामी निर्वाचित हुनुभएको हो। उहाँले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पछि पार्दै दोस्रो कार्यकालका लागि जित हासिल गर्नुभएको हो।
निर्वाचनबाट उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा तथा उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी, उपाध्यक्ष (महिला) पदमा दीपज्योति थापा निर्वाचित हुनुभएको छ।
संघको महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल निर्वाचित हुनुभएको छ भने सचिव (समावेशी) तर्फ मोहम्मद जालिम निर्विरोध चयन हुनुभएको छ। त्यस्तै, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी हुनुभएको छ।
संघको सदस्य पदमा ८ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपकराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन्।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।






